मापदण्डअनुसार मारुती सिमेन्टको गुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ । मापदण्डअनुसार गुणस्तर नपाइएपछि गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको छ । मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर रहेको दाबी गरेर गुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको हो । नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही गरेको हो । मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने समेत जानकारी दिए । उनले भने, ‘मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा कानुन बमोजिम कारबाही हुनेछ ।’