१) शब्दको संवादले मानिस सम्पूर्ण सद्गुणको खानी बन्दछ, शेख बन्दछ र आध्यात्मिक ज्ञानको राजा बन्दछ । २) शब्दको चर्चाले व्यक्तिमा विश्व चैतन्य जागृत हुन्छ, दृष्टिलाभ हुन्छ र अन्तर्यामी दूरदृष्टि पैदा हुन्छ । ३) शब्दको अभ्यासले व्यक्ति दुःख कष्टबाट मुक्त हुन्छ र मृत्युपछि यमराज समक्ष जाँदैन । ४) शब्दद्धारा ईश्वरसँग संवाद गर्नाले मनुष्य सिद्ध, पीर, सूर र नाथ जोगी बन्दछ । ५) शब्दको संवादद्धारा मनुष्यले संसारको रहस्य बुझ्दछ । पृथ्वी, आकाश र पातालको भेद उसका अगाडि खुल्दछ । ६) शब्दको संवादद्धारा मनुष्य मृत्युको द्धारबाट पनि कुनै प्रभाव विना निस्किन सक्छ । ७) शब्दको संवादद्धारा योगदृष्टि प्राप्त हुन्छ । जीवन र आत्माको सबै रहस्य खुल्छ र शास्त्र, स्मृति तथा वेदको वास्तविक ज्ञानको उपलब्धि हुन्छ । ८) भगवानका भक्त सदानन्द रहन्छन्, किनकि शब्दले तिनका पाप र ताप पखाल्दछन् । ९) यसै सर्वव्यापी शब्दले मेरो सम्पूर्ण ध्यानाकृष्ट गरेको छ, र सोच्नका लागी मसँग के नै छ र ? शब्द र आत्माको योले नै शाश्वत शान्ति प्रदान गर्दछ । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट