ग्लोबलआइएमई बैंककानवनियुक्तनायवप्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायवप्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोह बीच पदभार ग्रहण गर्नुभएको छ ।बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुखकार्यकारी अधिकृतमा बढुवा गरेको हो । तीन दशक भन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमाप्रवेश गर्नुभएको थियो । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्राकर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्नुहुन्छ । वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालय बाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिनु हुन्छ ।