ग्लोबलआइएमई बैंक लिमिटेडको ८.५०५ डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत
ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७”ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्षअवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले(ICRANP-IR) LAरेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ । ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै (ICRANP-IR) A- बाट(ICRANP-IR)A स्तरवृद्धि गरेको थियो । बैंकको पर्याप्त तरलतातथापूँजीकोष, कर्जाको गुणस्तर तथामिश्रण, बृहतकार्यालय संजाल, स्वस्थब्याजआम्दानीतथाआयविवरण, संचालनखर्चमा नियन्त्रण, कुशलजोखिमव्यवस्थापनअभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवीबोर्ड तथाव्यवस्थापन नेतृत्वआदि जस्ता तथ्यको आधारमाग्लोबल आइएमई बैंकतथायसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।