ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ले पायो नयाँ सञ्चालक
पोखरा–२६, विजयपुरमा केन्द्रीयकार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नयाँसञ्चालकनियुक्त गरेको छ । संस्थाको मिति २०७८/०४/२१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले ग्लोबल आइएमई बैँक लिमिटेडको प्रतिनिधि सञ्चालकको रुपमाश्री अनामिकाकुँवरलाई नियुक्त गरेको हो । वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेको, लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको र १,२६,९९४ सदस्यलाई वित्तीय सेवाप्रदान गरिरहेको छ ।