घरको सजावट कसरी गर्ने? कुन चिज कहा राख्ने ? यसमा दुबिधा उत्पन्न हुन्छ ? घर सजावट गर्ने काम मानिसको कला हो । यसले घरलाई मात्र सुन्दर बनाउदैन यसले पारिवारिक शान्ति पनि बनाउँछ । एक आपसमा सद्भाव उत्पन्न हुन्छ ।घर भित्र सकारात्कम उर्जा प्राप्त हुन्छ । मानसिक शान्ति हुन्छ । राम्रो किसिमको घर सजावटले मानिसको मन आनन्दित हुन्छ । यहाँ घर सजावट गर्ने केही टिप्स दिईएका छन् । यसलाई मनन गरेर घर सजाउनुहोस् ।
सबैसँग सल्लाह लिनुहोस् तर निर्णय आँफै लिनुहोस्
घर सजाउन सोचेर मात्र कदम उठाउनुहोस् । अरु समयलाई कटौती गरेर घर सजाउन समय लगाउनुहोस् । घर भित्र प्रयाप्त हावा र प्रकाशको बाताबरण बनाउनुहोस् ।
पत्रिकामा देखिएको साज सज्जा जस्तो नबनाई आफ्नो घर/बातावरण अनुकुल घर सजाउनुहोस् ।
साना साना सामानलाई बन्द बाकस वा घर्रा भित्र राख्नुहोस् । साना साना सामानले घर भरिएजस्तो देखिन्छ यसले घर वा कोठा सुन्दर देखिदैन ।
ड्रईङ्ग वा पेन्टिङ्गलाई उचाईमा नराख्नुहोस् । यसलाई फिक्स गर्नुपुर्व भित्ताको छेउमा राखेर हेर्नुहोस् ।त्यस पछि उचित उचाईमा राख्नुहोस् ।
सबै सामानहरु कहाँ राख्ने सामान्य किसिमको स्केच तयार पार्नुहोस् । घर/कोठाको साईज अनुसार फर्निचरहरु मिल्छन् कि मिल्दैनन् ? हेर्नुहोस् ।
रङ्गिन टाईलको सट्टा सादा किसिमको टाईल प्रयोग गर्नुहोस् । कोठा भित्र भड्किलो किसिमको रङ्ग प्रयोग नगर्नुहोस् ।
आफ्ना सबै ईच्छाहरु एउटै कोठामा पुरा गर्ने प्रयत्न नगर्नुहोस् ।
पुराना/ नराम्रा सामानहरु कुनामा लुकाउने प्रयास गर्नुहोस् । राम्रा/ सुन्दर बस्तुहरु अगाडि राख्नुहोस् ।
झ्याल/ ढोकामा बाक्लो र रङ्गिन पर्दा लगाउँदा बाहिरको सुन्दर दृष्य हेर्नबाट बञ्चित हुन सकिन्छ यसलाई ध्यान दिनुहोस् ।
घर भित्र उचित किसिमको लाईटिङ्गको प्रयोग गर्नुहोस् ।
ईन्टेरियर डिजाइनिङ्गमा काठको प्रयोग गर्नुहोस् ।
घरमा अनावश्यक रुपमा भद्दा किसिमबाट सजावट नगर्ने यसलाई कम सामानले हेर्दा आकर्षक ढंगबाट घर सजाउने ।
कोठामा बिरुवाहरुलाई उचित ढंगबाट मिलाउने कोशिष गर्ने ।बास्केट को प्रयोग गरेर एकितृत रुपमा राख्ने ।