घरमा दोस्रो विश्वयुद्धको ट्याङ्क राख्ने जर्मन वृद्धलाई तीन करोड ५३ लाख रुपैयाँ जरिवाना
जर्मनीमा ८४ वर्षीय सेवानिवृत्त एक वृद्धलाई अवैध हातहतियार राखेको अभियोगमा दोषी ठहर गर्दै १४ महिनाको जेल सजाय र अढाई लाख युरो अर्थात् झन्डै तीन करोड ५३ लाख रुपैयाँ जरिवाना सुनाइएको छ। उनको स्वामित्वमा एउटा ट्याङ्क (प्यान्थर) सहित दोस्रो विश्वयुद्धताका प्रयोग गरिएका अन्य सैन्य उपकरणको ठूलो भण्डार फेला परेको थियो। त्यहाँबाट प्यान्थर ट्याङ्क निकाल्न २० सैनिकलाई झन्डै नौ घण्टा लागेको थियो। जर्मनीको एउटा अदालतले ती व्यक्तिलाई उक्त ट्याङ्क र एउटा विमानभेदक तोप दुई वर्षभित्र बेच्न वा कुनै सङ्ग्रहालय वा सङ्कलकलाई दिन आदेश समेत दिएको छ।