घानाको पश्चिमी क्षेत्रमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाना प्रहरी सेवा फोलिभिको पश्चिमी क्षेत्रीय कमाण्डका अधिकारी सेबास्टियनका अनुसार दुईवटा म्याङ्गनीज कार्गो तरक्वा–कोजोक्रोम रुटमा विपरित दिशाबाट जाँदै गरेको रेल मध्यरातमा ठोक्किएको हो । उनले एउटा रेलको ब्रेक फेल भएर भासा मानसो समुदायको वरपर अर्को रेलसँग ठोक्किए लगतै घाना नेसनल फायर सर्भिसबाट उद्धार टोली तुरुन्तै घटनास्थलमा पठाइएको प्रहरी अधिकारीले बताए। टोलीले भत्किएका डिब्बा काटेर भग्नावशेषमुनि फसेका मानिसको उद्धार गरेको थियो । घाइतेमध्ये तीन जनाको उपचार गरी डिस्चार्ज भइसकेको र चारजनाको शव पहिचानका लागि सोही अस्पतालको शवगृहमा राखिएको उनले बताए ।