युवा पोस्ट, मंसिर १, २०७८, रामजी दैलेखीको निर्माण तथा आरजे म्युजिक एण्ड मिडियाको ब्यानरमा बन्न लागेको चलचित्र ‘घुँइचो’ मा नायिका एलिजा गौतम अनुबन्धित भएकी छन् । दुर्गम गाउँ जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्ने बताइएको छ । फिल्ममा आबद्ध भएपछि एलिजाले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको तथा घुँइचोमा खोजेजस्तै कथा पाएपछि काम गर्न तयार भएको बताएकी छिन् ।