युवापोष्ट, १६ असार काठमाडौं । बहु प्रतिक्षीत ङादी ग्रुप पावर लिमिटेड(NGPL)को १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न असार २० गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ७० करोड ६९ लाखको १५० प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय अंकित दरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।