युवा पोस्ट, माघ १३, २०७८, बिहीबार,
चर्चित कथकली नृत्यांगना मिलेना साल्विनीको मंगलबार निधन भएको छ । फ्रान्सस्थित भारतीय दूतावासले ट्वीट गर्दै यो जानकारी दिएको हो । इटालीमा जन्मिएकी साल्विनी नियमित रूपमा भारत विशेषगरी केरला जाने गर्दथिन् । केरलामा उनले कथकली सिके र पेरिसमा भारतीय नृत्य प्रकार सेन्टर मण्डप को लागि स्कूल चलाइन् । सन् १९६२ मा दुई वर्षको छात्रवृत्ति पाएपछि साल्विनीले केरला कलामण्डलममा कथकली सिकेकी थिइन् । पछि उनले पेरिसमा नृत्य विद्यालय खोलिन् । अभिनयको क्षेत्रमा उनको योगदानको लागि भारत सरकारले उनलाई २०१९ मा पद्मश्री पुरस्कारले सम्मान गरेको थियो।