11:47:35 am 25-Sep-2022

चर्चित बलिउड युवा गायक केकेको निधन


चर्चित बलिउड युवा गायक केकेको निधन

युवापोष्ट १८ जेठ, । भारतका एक सुप्रसिद्ध गायक केके उर्फ  कृष्ण कुमार कुन्नथ हिजो मंगलबार जेठ १७ तदनुसार ३१ मे राति दिवंगत हुनु भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्सर्ट प्रस्तुति कै क्रममा स्वास्थ्यमा गडबडि पछि होटलमा पुगेका उनको स्वास्थ्य बिग्रिएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।

उनको निधन हर्टअट्याकका कारण भएको मानिएको भएता पनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बास्तविक कारण पत्ता लाग्नेछ । उनी दुईदिनको कन्सर्टको लागि कलकत्ता आएका थिए । सोमबार उनको विवेकानंद कलेजमा प्रोग्राम थियो । मंगलबार गुरुदास कलेजको कार्यक्रम लगत्तै उनको स्वास्थ्यमा आएको खराबीले संसारलाई छोडेर जान बाध्य तुल्यायो ।

बलिउडसहित तमिल, तेलुगू, कन्नड, मराठी, बंगाली र गुजराती फिल्ममा समेत उनले गीत गाएका थिए ।

निधनभन्दा केही समयअघि उनले कोलकातामा भएको कन्सर्टका तस्वीर र भिडियो सेयर गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन् । म केकेको निधनबाट दुःखी छु । उनको गितले धेरै प्रकारको भावनाहरु ब्यक्त हुन्थ्यो । उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन् ।उनको गितहरुको लागि कालान्तरसम्म सम्झिईरहनेछन् । उहाको परिवार प्रति मेरो संवेदना छ । राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम बेंकैया नायडु, गृहमंत्री बसवराज बोम्मई लगाएत थुप्रै नेताहरुले उनको निधनमा शोक व्यक्त गरेका छन्।

साथै बलिउडका प्राय जसो सबै स्टारहरुले पनि आफ्नो समबेदना प्रकट गरेको छन् ।

हिन्दी, तमिलसहित आठ भाषामा गीत गाएका केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउडमा डेब्यु गरेका थिए । हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन ।

एल्बम पलबाट उनले सांगीतिक करियर थालेका थिए । ‘बजरंगी भाइजान’को गीत तु जो मिला, ‘ओम शान्ति ओम’को अजब सी, ‘वो लम्हे’को क्या मुझे प्यार है, ‘रेडी’को हमको प्यार हुवा, पल एल्बमको पल, ‘काइट्स’को दिल क्यों ए मेरा, ‘भूल भुलैया’को लबों को, ‘द ट्रेन’को बिते लम्हे, ‘हम दिल दे चुके सनम’को तडप तडप, ‘दश’को दश बहाने लगायत उनका चर्चित गीत हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]