06:23:05 pm 24-May-2022

चितवनको पालिका प्रमुख/उपप्रमुखको भागबण्डा सकियो


चितवनको पालिका प्रमुख/उपप्रमुखको भागबण्डा सकियो

युवापोष्ट, ९ बैसाख । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् । सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । जसमध्ये जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाहरु इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने माओवादी केन्द्रले माडी नगरपालिका  र एकीकृत समाजवादीले राप्ति नगरपालिका प्रमुख लिने भएका छन् ।साथै गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भागबण्डा मिलाएको छ ।

जसअनुसार जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ । जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले २/२ वटा सिट लिने सहमति भएको छ । उपप्रमुखमा इच्छाकामना गाउँपालिका, खैरहनी र कालिका नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले पाएको छ । रत्ननगर नगरपालिकाको उपप्रमुख पद एकीकृत समाजवादीले पाएको छ भने माडी नगरपालिकाको उपप्रमुख पद काँग्रेसको भागमा परेको छ ।गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको छ । जसअनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ ।साथै  अन्य वडा सदस्यको हकमा केही वडा  सदस्य पद एकीकृत समाजवादीले लिने भएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]