जीउ गल्नु, टाउको दुख्नु, नाक बन्द हुनु, पातलो सिँगान नाकबाट बगिरहनु हल्का ज्वरो आउनु, जीउ भारी हुनु रुघाका लक्षणहरु हुन् । खान र गर्न नहुने कुराहरु : रुघा लागेको बेला दही, दूध, माछा, मासु, अण्डा, चिल्लो, पिरो, अमिलो, बढी चिसो, रक्सी, वियर, फलफूल आदि खानुु हुँदैन । तरकारीमा पिँडालु, कर्कलो, फर्सी, गुन्द्रुक, आलु, तामा, तोरीको साग, गोलभेडा, काँचो लसुन, प्याज आदि खानुहुँदैन । यसैगरी हर्लिक्स, गुलिया मिठाइहरु, चिया कफी, चुरोट र बिँडी पनि खानुहुँदैन । खान र गर्न हुने कुराहरु : रुघा लाग्दा तातो पानी प्रशस्त मात्रामा (पानीमा अदुवा, बेसार र मरिच नून राखी पकाई त्यसमा थोरै कागतीको रस मिलाई) पिउने, मुँगको दालको रस र गेडागुडीको रस, गहुँ वा मकैको च्याख्ला, तरकारीमा भण्टा, सिमी, बोडी, घिरौँला र काउली आदि प्रशस्त मात्रामा खाने, प्रशस्त आराम गर्ने, चिसोमा धेरै नहिँड्ने, दैनिक तातो पानीको वाफ लिने गर्नाले रुघा ठीक हुन्छ ।