08:22:19 pm 23-May-2022

चीनको बैंकले क्यानडामा आतंकवादी गतिविधिहरूलाई आर्थिक सहयोग गरेको खुलासा


चीनको बैंकले क्यानडामा आतंकवादी गतिविधिहरूलाई आर्थिक सहयोग गरेको खुलासा

युवा पोस्ट,पौष २६,२०७८,सोमबार,

चीनको बैंक इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना (ICBC) लाई क्यानडामा अपराध र आतंकवादी वित्तिय ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ। संघीय नियामकहरूले एक रहस्यमय खाताको शंकास्पद गतिविधिहरू रिपोर्ट नगरेकोमा चिनियाँ बैंकलाई ७,०१,२५० डलरको जरिवाना पनि गरेका छन्। मिडिया रिपोर्टका अनुसार यो यस वर्षको सबैभन्दा ठूलो जरिवाना हो। क्यानाडाको वित्तीय कानून अनुसार, वित्तीय संस्थाहरूले क्यानाडाली नियामकहरूलाई १०,०० डलर वा सोभन्दा बढीको सबै नगद लेनदेनहरू रिपोर्ट गर्न आवश्यक छ। तर, चिनियाँ बैंकले रातो रेखालाई ओभरस्टेप गर्यो र लेनदेनको रिपोर्ट गरेन ।

क्यानाडाली नियामक निकायहरूको अनुसार ती लेनदेनहरू मनी लान्ड्रिंग र आतंकलाई वित्त पोषण गर्ने गतिविधिसँग सम्बन्धित थिए। चीनको औद्योगिक र वाणिज्य बैंकको क्यानाडामा धेरै शक्तिशाली उपस्थिति छ। यसका शाखाहरू क्यानडाभरि फैलिएका छ्न। यसका हालका कार्यहरूलाई विचार गर्दा, यो चिनियाँ बैंक वास्तवमा क्यानाडाको लागि राष्ट्रिय सुरक्षा खतरा भएको छ।

गत महिना मात्रै ‘चाइना मोबाइल’ नामक चिनियाँ टेलिकम कम्पनीले क्यानडा सरकारलाई यसबारे जानकारी नगरी पनि लगातार ६ वर्षसम्म क्यानडामा सञ्चालन गरिरहेको रिपोर्ट आएको थियो। यो त्यही कम्पनी हो जसलाई डोनाल्ड ट्रम्प प्रशासनको समयमा चिनियाँ सेनासँग स्पष्ट सम्बन्ध रहेको भन्दै अमेरिकामा प्रतिबन्ध लगाइएको थियो।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]