चीनले देशलाई एकअर्काविरुद्ध प्रयोग गरिरहेको क्यानडाका प्रधानमन्त्री को आरोप
युवा पोस्ट,पौष १२, २०७८,
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ नेतृत्वले पश्चिमा देशहरुलाई एकअर्काको विरुद्धमा प्रयोग गरेको आरोप लगाउँदै यसको प्रतिकार गर्न पश्चिमा देशहरु एकजुट हुनुपर्ने बताएका छन् । क्यानडाको टिभी नेटवर्क ग्लोबल टिभीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री जस्टिन ट्रुडोले समान विचारधारा भएका देशहरूले चीनको विरुद्धमा एकताबद्ध मोर्चा बनाउनुपर्ने बताएका छन् । उनले भने, हामी प्रतिस्पर्धा गर्छौं र चीनले हामीलाई प्रतिस्पर्धी बजारमा एकअर्काको बिरूद्ध खडा गर्छ ,धेरै पश्चिमी देशले चिनियाँ बजारमा पहुँच राख्न खोज्दा यो समस्या आएको हो ।जसको फस्वरुप चीनले आफ्नो शर्त राख्न थाल्यो र पश्चिमी देशहरूलाई एकअर्काविरुद्ध प्रयोग गर्न थाल्यो।