छिटो गर्नुहोस् सामलिङ्ग पावर कम्पनीको IPO भर्ने आज अन्तिम दिन
८, कार्तिक, सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा निर्माण सम्पन्न माइबेनी जलविद्युत आयोजनाको निष्काशन तथा बिक्रीका लागि स्थगित गरिएको साधारण शेयर (आईपीओ) भोलिदेखि खुला कार्तिक ५ देखी खुला भएकोमा सो पावर कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन (IPO) बिक्रीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा ७ गुणा भन्दा बढि आवेदन परेको छ। माग भन्दा बढी अवेदन परेको ले निष्काशन छिटोमा मिति २०७८ कार्तिक ८ गते बैंकिङ्ग समय पश्च्यात बन्द रहने छ।
सिडिएससि बाट प्राप्त जानकारी अनुसार हिजो चौथो दिनको साझ सम्म ५:०२ बजे सम्ममा माग गरिएको आवेदन भन्दा ३१.१३ गुणा बढी आबेदन प्राप्त भएको छ । यस अनुसार ६७ हजार ८ सय ९० जना आवेदकले १० कित्ताको दरले पाउने भएका छन्।
कम्पनीको जारी पूंजीको १४.६% अर्थात रु.७ करोड ३० लाख रकम बराबरको रु.१०० अंकित दरका ७ लाख ३० हजार कित्ता शेयर मध्ये २% अर्थात १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।
यसको वित्तीय विवरण हेर्दा लगानीकर्तालाई छोटो समयमा नै प्रतिफल पाउने देखिन्छ ।