06:04:31 pm 24-May-2022

जाडोमा बालबालिकाको आहारमा यी चिज समावेश गरेर उनीहरुलाई स्वस्थ बनाउनुहोस्


जाडोमा बालबालिकाको आहारमा यी चिज समावेश गरेर उनीहरुलाई  स्वस्थ बनाउनुहोस्

युवा पोस्ट,पौष २० , २०७८, मंगलबार,

कोरोना भाइरस तथा ओमिक्रोनको बढ्दो केसहरूलाई ध्यानमा राख्दै आफु स्वस्थ रहनु तथा बालबालिकाहरुलाई स्वस्थ राख्नु तपाईं हाम्रो प्राथमिकताको विषय हुनुपर्छ । त्यसैले बालबालिकालाई स्वस्थ राख्नका साथै रोगबाट बचाउने खानेकुरामा के के समावेश गर्नुपर्छ ? आज हामी यस बारेमा जान्ने छौं ।
दुध
दुधमा क्याल्सियम, फस्फोरस, प्रोटिन, कार्बोहाइड्रेट जस्ता पोषक तत्वहरू पाइन्छ जुन शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ। यसका साथै हड्डीको मजबुतका लागि पनि यो महत्वपूर्ण हुन्छ । त्यसैले तिनीहरूलाई दैनिक दूध पिउन दिनुहोस् ।
दही
क्याल्सियम र प्रोटिनले भरपूर दहीले बालबालिकाको दाँत र हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । साथै यो सजिलै पचिन्छ। पेट स्वस्थ रहन्छ र रोगहरु टाढा रहन्छ।
अण्डा

अण्डामा धेरै प्रकारका अत्यावश्यक भिटामिन र मिनरल्स र प्रोटिनको सबैभन्दा महत्त्वपूर्ण मात्रा पाइन्छ। जुन उनीहरूको शारीरिक र मानसिक विकासका लागि आवश्यक हुन्छ, यसका अलावा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि काम गर्छ ।

पालुंगो

पालुंगो आइरन, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए र सीको राम्रो स्रोत हो। जुन बालबालिकाको मानसिक विकास र बलियो हड्डीका लागि आवश्यक हुन्छ । पालुंगो धेरै छिटो पाक्ने हुनाले यसको तातो सूप बनाएर दिंदा अझ प्रभावकारी हुन्छ ।

बेरीज

ब्लुबेरी, स्ट्रबेरी र रास्पबेरीमा पोटासियम, भिटामिन सी, फाइबर, कार्बोहाइड्रेट र एन्टिअक्सिडेन्ट पाइन्छ। यसमा बोसो र कोलेस्ट्रोल हुँदैन, स्वाद मीठो हुन्छ, त्यसैले बच्चाहरूलाई यो मनपर्छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]