06:35:55 pm 24-May-2022

जान्दै नजान्नेका लागि शेयर बजारमा प्रवेश गर्ने शुत्र


जान्दै नजान्नेका लागि शेयर बजारमा प्रवेश गर्ने शुत्र

युबापोस्ट २७ चैत्र । शेयर बजार एक बृहत बजार हो । यहाँ प्रबेश गरी बुद्धिमत्ता पूर्वक लगानी गरे यसबाट छिट्टै धेरै कमाउन सकिन्छ । यसमा जोखिम पनि अत्याधिक छ । त्यस कारण शुरुमा लगानी गर्न खोज्ने लगानीकर्ताहरुले यहाँ उल्लेखित तरिकाले बजारमा प्रबेश गर्दै बुझ्दै लगानीलाई बिस्तारै बढाउँदै गए यसबाट भविष्यमा एक असल लगानीकर्ता बन्ने बाटो खुल्नेछ । यसरी लगानी गर्दा लगानीकर्तालाई कम जोखिम हुन्छ भने बैंकको ब्याजको तुलनामा नाफा पनि बढि हुने गर्दछ । लगानी कर्ताको स-सानो बचत भोली केही गर्न सक्ने रकम बन्न सक्छ ।

  • IPO/FPO मा लगानीः- लगानीको शुरुवात IPO र FPO बाट गर्नुहोस् ।IPO(Initial Public Offering) मा शुरु लगानी प्रति शेयर लगानी रु 100 मा हुन्छ । नेपालमा एक पटक कम्तिमा १० कित्ता शेयरको निवेदन दिन सकिन्छ । मेरो शेयर मार्फत अनलाईनबाट निवेदन दिन सकिन्छ । अर्को तर्फ चलिरहेको कम्पनीले आफ्नो ख्याति र सम्पत्तिको मुल्याङ्कन गरी पुँजि बृद्धि गर्न FPO(Further Public Offering) जारी गर्छन् । यसबाट सर्वसाधारणले सस्तो मुल्यमा लगानी गर्ने अवसर पाँउछन् ।यसको लागि धेरै लगानीको लागि रकम आवश्यक पर्दैन बिस्तारै बजारको ट्रेण्ड हेरेर लगानी बढाउन सकिन्छ ।
  • म्युचअल फण्डमा लगानीः- शेयर बजारको बारेमा जानकार ब्यक्तिहरुबाट संचालित म्युचुअल फण्डहरु जसले सर्वसाधारणको लगानीलाई सुरक्षित र बजारलाई केही ब्यक्तिहरुको नियन्त्रणबाट बाहिर राख्छन् । यसलाई बैंक तथा बित्तीय संस्थाहरुले परीचालन गर्दछन् ।यीनीहरुले उचित समयमा उचित पोर्टफोलियो म्यानेजमेन्टका माध्यमबाट बजारमा लगानी गरी त्यसबाट प्राप्त नाफालाई पुँजीका आधारमा बाँडफाँड गर्दछन् । IPO/FPO का केही हिस्साहरु म्युचअल फण्डका लागि समेत छुट्याएको हुन्छ । त्यसबाट पनि यिनीहरुले नाफा प्राप्त गर्दछन् । यिनीहरुको बजारमा खरिद बिक्रि समेत हुन्छ साथ परिपक्व भईसकेपछि स्वत त्यसबाट प्राप्त प्रतिफल सहित लगानीकर्ताको खातामा जम्मा गरिन्छ । यसरी नयाँ लगानीकर्ताहरुले बजारको नाफा केही नजानीकन म्युचअफ फण्डमा लगानी गरेर त्यसबाट नाफा समेत प्राप्त गर्न सक्छन् । लगानीलाई सुरक्षीत गर्न सक्छन् । यसरी लगानी कर्ताले कुनै चिन्ता बिना यसबाट फाईदा फाईदा प्राप्त गर्दछन् ।
  • स्टक ब्रोकरको सहयोगबाट सेकेण्डरी मार्केटमा लगानी गर्नेः- सानो लगानीकर्ताहरुले सिधै सेकेण्डरी मार्केटमा लगानी गर्न सक्छन् । एकदमै सस्ता कम्पनीहरु जस्तै 200-२२० सम्मको कम्पनीहरु (बैंक) छानेर त्यसमा लगानी गर्ने यीनीहरुको मुल्यमा अधिक उतारचढाव हुँदैन। जतिखेर “क” बर्गका बैंकहरुको मुल्य 200 को आसपास हुन्छ त्यतिखेर लगानी गर्ने । “क” बर्गको बैंकहरुको मुल्य त्यसको आसपास हुने भनेको बजार एकदमै तल झरेको बेला हो ।नेपाल जस्तो अस्थिर लगानी नीति भएको देशमा बजार तल झरेको बेला लगानी गर्नु भनेको मार्केट बढेको बेला जस्तो सुकै शेयर किन्दा पनि नाफा प्राप्त हुन्छ अर्थात रिस्क/जोखिम कम हुन्छ । यसको लागि साना लगानीकर्ताहरुलाई स्टक ब्रोकरहरुले पनि सहयोग गर्छन् । शुरुमा मार्केटमा    प्रवेश गर्न चाहाने लगानीकर्ताहरुलाई ब्रोकरहरुले सहयोग गर्ने गर्दछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]