जीवन विकास लघुवित्त कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आइपिओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बाँडफाँट गरेको छ । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौजनाको आवेदन रद्द भएको आवेदन गरेका मध्येबाट २० लाख १८ हजार ३०८ जना आवेदक योग्य रहेका मध्ये गोलाप्रथाबाट एक लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् भने पाँचजनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख दुई हजार ५१६ आवेदकले शेयर पाएनन् ।