टि २० विश्वकप फाइनल : उपाधिको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै
युवा पोस्ट, कार्तिक २८, २०७८, आइसिसी टि २० विश्वकप २०२१ को फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा दुबै टोलीले बलिया तथा उपाधिका दाबेदार प्रतिद्धन्द्धीलाई स्तब्ध पार्दै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोलीको बल र कमजोरीको कुरा गर्दा अस्ट्रेलिया ब्याटिङमा बलियो छ भने न्युजिल्यान्ड बलिङमा । दुवै टोलीले अहिलेसम्म टी–२० विश्वकपको ट्रफी जित्न नसकेकाले यसपटक नयाँ च्याम्पियन पाउने पक्का छ। दुवै टोलीले आफ्नो सेमिफाइनल खेल जितेको शैलीलाई हेर्दा थप एक विस्फोटक खेलको अपेक्षा गर्न सकिन्छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरुहुनेछ ।