टोखा नगरपालिकामा आजदेखि कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइदै
टोखा नगरपालिकामा आजदेखि कोरोनाभाइरसविरुद्धको भेरोसेल खोपको पहिलो डोज ग्रान्डी अस्पताल, अल नेपाल अस्पताल र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम सञ्चालन गरिएको छ । खोप आउँदो साउन २ गतेसम्म ५५ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्ति,सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, शिक्षक , जनप्रतिनिधि, विदेश जाने व्यक्ति,अत्यावश्यक सेवाका कर्मचारी ,स्वास्थ्यकर्मीलाई ,खोप लगाइनेछ ।खोप लगाउन आउँदा परिचय खुल्ने आवश्यक कागजपत्र को साथमा अनिवार्य रूपमा vaccine.mohp.gov.np मा गई अनलाइन फारम भरी आठ अंकको दर्ता नम्बर लिएर आउन समेत आग्रह गरिएको छ ।