इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम युनाइटेड विजयी भएका छन् । इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनहम हटस्परले रोमाञ्चक जित निकालेको छ । टोटेनहमले घरेलु टोली वाट्फोर्डलाई १–० ले पराजित गरेको हो । हिजै भएको अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई ३ २ ले पराजित गरेको छ ।
जितसँगै वेस्ट ह्याम तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अंक छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अंकका साथ ११औँ स्थानमा छ ।