06:24:59 pm 25-May-2022

डब्लुएचओको दाबी :युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ, तर केही समय कुर्नुपर्नेछ


डब्लुएचओको दाबी :युरोपमा कोरोना महामारी अन्त्य हुन सक्छ, तर  केही समय कुर्नुपर्नेछ

युवा पोस्ट, माघ १०, २०७८, सोमबार ,

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपका निर्देशक हान्स क्लुगेले कोरोना महामारीका सम्बन्धमा राहतपूर्ण जानकारी दिएका छन् । क्लुगेले भनेका छन् कि कोरोनाको ओमिक्रोन भेरियन्टले युरोपेली देशहरूमा महामारीलाई नयाँ चरणमा पुर्‍याएको छ र यो समाप्त हुन सक्छ । तर, यसका लागि केही समय पर्खनुपर्ने हुनसक्छ । उनले यो क्षेत्र एक प्रकारको महामारीको अन्त्यतर्फ अघि बढ्नु प्रशंसनीय रहेको बताए ।
संक्रमण समाप्त भएपछि प्रतिरक्षा द्रुत रूपमा विकास हुनेछ
एएफपी समाचार एजेन्सीसँगको एक अन्तर्वार्तामा, हान्स क्लुगेले भने कि ओमिक्रोनले मार्चसम्म ६० प्रतिशत युरोपेलीहरूलाई संक्रमित गर्न सक्छ। ओमिक्रोनको हालको बृद्धि युरोपभर कम भएपछि केही साता र महिनाभित्रै विश्वव्यापी रोग प्रतिरोधात्मक क्षमता विकास हुनेछ जसले कोरोना महामारीलाई जतिसक्दो चाँडो अन्त्य गर्न सक्छ । खोपका कारण रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको समेत उनले बताए । दुवै अवस्थामा रोग प्रतिरोधात्मक क्षमताको विकास भयो भने महामारी अन्त्य हुने निश्चित छ । उनले भने कि ”म विश्वस्त छु कि युरोपमा यो महामारीको अन्त्य निश्चित छ,तर यसका लागि केही समय कुर्नुपर्ने छ ।”
शीर्ष अमेरिकी वैज्ञानिकले पनि राहतको खबर दिएका छन्
यसैबीच, अमेरिकाका शीर्ष वैज्ञानिक एन्थोनी फौसीले पनि आइतबार यस्तै सम्भावना व्यक्त गरेका छन्। उनले एबीसी न्यूजको टक शो मा यस हप्ताको एक अन्तर्वार्तामा भनेका छन् ”संयुक्त राज्य अमेरिकाका केही भागहरूमा कोरोनाका केसहरूमा एकदमै तीव्र कमी आएको छ जुन राम्रो संकेत हो। यद्यपि, अतिआत्मविश्वासको बिरूद्ध सावधानी दिँदै उनले भने कि यदि हालै अमेरिकाको उत्तरपूर्वी क्षेत्रहरूमा केसहरूको संख्या घट्दै गयो भने, म विश्वस्त छु कि तपाईंले देशभर परिवर्तनहरू देख्नुहुनेछ।”

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]