युवापोष्ट ४ बैसाख । वालिङ्ग नगरपालिका-१२ डाँडाखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। जीप दुर्घटनामा परी वालिङ्ग नगरपालिका वडा नं. १२ डाँडाखर्क बस्ने ६५ बर्षीय विर बहादुर डाला, ऐ.ऐ. बस्ने ४५ बर्षीय हीरा डाला, २५ बर्षीय शर्मिला सारू, शर्मिला सारुकी छ महिनाका छोरा, वालिङ्ग नगरपालिका वडा नं. १४ बस्ने ६१ बर्षीय कूल कुमारी कनौजेको मृत्यु भएको हो ।
अन्य ६ जना घाईते भएका छन् । घाईत हुने सबै वालिङ्ग नगरपालिका वडा नं. १२ डाँडाखर्कका रहेका छन् । ५५ बर्षीय मायाकुमारी सारु, ३५ बर्षका योगेन्द्र थापा, १८ बर्षकी नवीना सारु, १९ बर्षकी लक्ष्मी डाला र जीप चालक ६० बर्षीय दलबाहारु थापा रहेका छन् ।
अहिले डाँडाखर्क सोकमा डुबेको छ । जीप सडकबाट करिव २०० मिटर तल खसेको हो । घाईतेको उपचार स्थानीय स्वास्थ्य चौकीमा गरेर थप उपचारका लागी गण्डकी मेडिकल कलेजमा पठाईएको छ ।