08:48:01 am 03-Jul-2022

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की


<strong>डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की</strong><strong></strong>

युवापोष्ट २० जेठ, काठमाडौँ — नेपाल सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ ।

आज भएको ब्राण्डवर्थ प्रालिले आयोजना गरेको ‘डिजिट इकोनोमी कन्क्लेभ २०२२”  कार्यक्रममा सम्बोधन गर्दै डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । त्यस क्रममा उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उनले बताए ।

मन्त्री कार्कीले भने ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रमका सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैंभरी कायम गर्नुपर्छ,’ उनले भने । उनले यस्ता किसिमका कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए ।

यस्तै, सूचना प्रविधिको विकासबिना मुलुकको विकाससमेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । यस्तै, दूरदराजका क्षेत्रमासमेत सूचना प्रविधि पहुँच पुर्‍याउन सरकारले सहयोग गर्ने बताए । यस्तै, सूचना प्रवधिको पहुँच सबै नागरिकमा पुर्‍याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो ।

साथै, यसलाई अझ सस्तो, गुणस्तरीय बनाउन पनि सरकार सकारात्मक रहेको उनले बताए । समग्रमा उनले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।

सरकारले उपभोक्ताले भ्याटमा भुक्तानीमा १०% भ्याट डिजिटल भुक्तानी गरेमा उपभोक्तालाई नै फिर्ता गर्ने प्रावधान लागू गरे पनि यो प्रभावकारी रुपमा कार्यान्वयन नभएको भनी छलफलको क्रममा उठेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]