युवा पोस्ट, मंसिर ३, २०७८, दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान एबी डे भिलियर्सले सबै प्रकारका क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन् । यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ३७ वर्षीय भिलियर्सले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत घरेलु लिग खेल्दै आएका थिए। उनले आज सामाजिक सञ्जालमार्फत् सम्पूर्ण क्रिकेट प्रारूपबाट सन्न्यास लिने घोषणा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा सबैभन्दा थोरै बेलमा अर्धशतक, शतक र एक सय ५० रन बनाउने खेलाडीको विश्व कीर्तिमान रहेको छ।