07:27:53 am 25-May-2022

डोमिनोजका संस्थापक टम मोनाहनको सफलता


डोमिनोजका संस्थापक टम मोनाहनको सफलता

युवा पोस्ट,पौष २७,२०७८,मंगलबार,
अमेरिकाकै दोस्रो ठूलो पिज्जा चेन डोमिनोजका संस्थापक र डेट्राइट टाइगरका मालिक टम मोनाहन अशिक्षित र गरीब थिए । जब उनी ४ वर्षका थिए, त्यसै वेला उनका पिताको मृत्यु भयो । त्यसपछि उनी अनाथालयमा रहनुपर्यो । गरिब मोनाहनले ऋण लिएर डोमिनोज खोले । शुरुशुरुमा उनले घाटा व्यहोर्नुपर्यो । यो कुरा थाहा पाएर तपाईंलाई अचम्म लाग्ला कि त्यस समयमा उनीमाथि सयभन्दा बढी मुद्दा चलिरहेको थियो र उनले १५ सय ऋण दाताका १५ लाख डलर ऋण तिर्नुपरेको थियो ।
डोमिनोजलाई बैंकले कब्जा गरेपछि टम फुटपाथमा आए । उता बैंकले पनि डोमिनोज संचालन गर्ने कोही सक्षम व्यक्ति पाएको थिएन । अन्तमा बैंकले टमलाई प्रति हजार २०० डलरको तलबमा जागिर दिए । भाग्यको खेल हेर्नुहोस् जो व्यक्ति कुनै समयमा पिज्जा चेनका मालिक थिए, अहिले तिनै व्यक्ति त्यहाँ नोकरी गरिरहेका थिए । मोनाहनको लक्ष्य डोमिनोज बचाउनु थियो । उनले डटेर मेहनत गरे तर १९७१ मा बैंकले डोमिनोज टाट पल्टिने अवस्थामा पुगेको घोषणा गर्यो र टमलाई एउटा स्टोरको सट्टामा डोमिनोजको शेयर दियो ।
डोमिनोज पाएपछि पनि उनीमाथि लाखौँ डलरको ऋण थियो । अरु कोही भइदिएको भए आफूलाई टाट पल्टेको घोषणा गरेर त्यत्रो ऋणबाट र तत्काल मुक्त हुन सक्थ्यो तर मोनाहनले दैनिक १५ घण्टा मेहनत गरेर ९ वर्षमा सम्पूर्ण ऋण तिरे । पिज्जाको होम डेलिभरिको उनको विचारले अमेरिकाका ती बहुसंख्यक परिवारको ठूलो आवश्यकता पूरा गरिदियो, जहाँ पतिपत्नी दुवै काम गर्थे । उनले त्यो अवसरको सदुपयोग गरे जसलाई अरुले देखेनन् ।
साभार: ‘सफलता’ पुस्तकबाट

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]