मुम्बईमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को टोलीले शनिबार अबेर राति कार्डेलिया क्रुज जहाजमा ड्रग पार्टी भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको र जहाजमा छापा मार्दा जहाजभित्र ‘ड्रग पार्टी’ नै चलिरहेको पाइएको थियो । यस क्रममा ८ जनलाई गिरफ्तार गरिएको छ। तीमध्ये एक जना अभिनेता शाहरुख खानका छोरा आर्यन खान पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त जहाज मुम्बईबाट गोवा जाँदै थियो र सोमबार फर्किनेवाला थियो।