तपाईले स्मार्ट फोन स्लो चार्ज हुन्छ ? तुरुन्त यी कार्यहरु गर्नुस सुपर फास्ट स्पिडबाट चार्ज हुन्छ ।
युवापोष्ट, ६ जेष्ठ । धेरै मानिसहरु आफ्नो स्मार्ट फोन स्लो चार्ज भएर हैरान हुन्छन् । बास्तवमा स्मार्ट फोन चार्जिङ्ग सिस्टम स्लो नै हुँदैन । धेरै मानिसहरुलाई स्लो हुने अनुभव अवस्य हुन्छ । अचेल बजारमा नयाँ स्मार्ट फोनमा पाईने अल्ट्रा फास्ट चार्जिङ्ग सिस्टमका कारण प्रयोगकर्ताहरुलाई आफ्नो फोन स्लो जस्तो लाग्ने हो ।
तर पनि केही यस्ता तरिकाहरु छन् जस्को मद्दतद्वारा तपाई आफ्नो स्मार्ट फोन फास्ट तरिकाले चार्ज गर्न सक्नुहनेछ ।
फास्ट चार्जर किन्नुसः सबैभन्दा सजिलो तरिका फास्ट चार्जर किन्नुस। फास्ट चार्जरको मद्दतबाट तपाई आफ्नो फोन फास्ट गर्न सक्नुहुनेछ । यतिखेर तपाईले हेडसेटको चार्जिङ्ग सपोर्टलाई ध्यान दिन जरुरी छ किनभने सबै डिभाईसहरु फरक फरक चार्जिङ्ग सपोर्ट सिस्टमको साथ आएको हुन्छ ।
धेरै ब्याट्री खपत गर्ने फिचरलाई अफ गर्नेः- स्मार्ट फोनमा केही फिचरहरु यस्ता हुन्छन् जस्ले अन्य फिचर भन्दा बढि बेट्री खपत गर्छन् । चार्ज गर्दाको अवस्थामा तपाईले वाईफाई, ब्लुटुथ जस्ता फिचरहरु अफ गर्नु पर्छ । यसले गर्दा फोन छिटो चार्ज हुन्छ ।
ओरिजिनल केवल प्रयोग गर्नेः- फोनको बक्समा चार्ज गर्न दिने ओरिजिनल केवलको प्रयोग गर्नुपर्छ । यदि ओरिजिनल चार्जिङ्ग र केवल खराब भयो भने ब्राण्ड स्टोरबाट मात्र नयाँ किन्नुपर्छ । ओरिजिनल केवलबाट तपाईले फास्ट चार्जीङ्ग स्पिड पाउनुहुनेछ । यसले तपाईको चार्जिङ्ग स्पिडमात्र बढाउदैन अपितु फोन र ब्याट्रीको लाईफ पनि बढाउँछ ।
एयप्लेन मोडः- जब तपाई आफ्नो फोन चार्जमा लगाउनुहुन्छ तव एयरप्लेन मोड अन गर्नुहोस् । यसबाट प्रयोगकर्तालाई फास्ट चार्जिङ्ग स्पिड प्राप्त हुन्छ । किनकी यस मोडमा स्मार्ट फोन नेटवर्क अर्को नेटवर्कसँग डिसकनेक्ट हुन्छ । यसबाट ब्याट्रीको युज घट्छ र फोन छिट्टै चार्ज हुन्छ ।
चार्जिङ्ग गर्दा फोन प्रयोग नगर्नेः- धेरै मानिसहरु फोन चार्ज गरिरहेको समयमा प्रयोग गर्छन् । यसले ब्याट्रिको कन्जम्सन बढ्छ र फोन चार्ज गर्न बढि समय लाग्छ । कहिले काँही फोन पड्किने हुँदा दुर्घटनाको खतरासमेत बढ्छ । यसले गर्दा चार्ज गरिरहेको समयमा फोनको प्रयोग गर्नुहुँदैन ।