ताइवानको विषयमा अमेरिकाले पक्षपोषण गरे अमेरिकाले ‘आगोसँग खेले जस्तो’ हुने चीनको चेतावनी
युवा पोस्ट, मंसिर १, २०७८, चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी रास्ट्रपति जो बाइडन बिच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडन लाई ताइवानको पक्षपोषण गर्नु उनको देशका लागि प्रत्युपादक हुन सक्ने चेतावनी दिएका छन्। सीले बाइडनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु आगोसँग खेले जस्तै हुने बताएका हुन्। चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र पुनः एकीकरण गर्ने उसको इच्छा छ। बाइडनले पदभार ग्रहण गरेयता दुई नेताबीच भएको यो सबैभन्दा महत्त्वपूर्ण वार्ता हो।