युवा पोस्ट,पौष १९ , २०७८, सोमबार, ताइवानमा सोमबार बिहान ३ः१६ बजे ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का ताइवानको राजधानी आसपासका क्षेत्रमा महसुस गरिएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । यसको केन्द्र ताइपेईको १२४ किलोमिटर दक्षिण-दक्षिण पूर्वमा रहेको बताइएको छ । यद्यपी यसबाट हालसम्म कुनै पनि जनधनको क्षति भएको जानकारी प्राप्त भएको छैन ।