तामाकोशी जलविद्युत् आयोजनाको सबै युनिटबाट विद्युत् उत्पादन सुरु
४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाको मंगलवार छैटौं युनिट परीक्षण उत्पादन सुरु भएसंगै सबै युनिट पूर्णरुपमा सञ्चालन भएको छ। यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो युनिट असार २९ गते, तेस्रो युनिट साउन ८ गते, चौथो युनिट साउन १८ गते तथा पाँचौं युनिट साउन २६ गते सञ्चालन गरिएको थियो।