युवापोष्ट १५ जेठ, काठमाण्डौ । आज विहान ९ः५५ मा पोखरा विमानस्थलबाट जोमसोम उडेको नाईन एन एईटी बिमान सम्पर्कबिहिन भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए। बिमानको क्याप्टेन प्रभाकर घिमिरेसहित उत्सव पोख्रेल र किस्मी थापा गरि ३ जना चालक दलका सदस्यहरु थिए । यसको खोजीका लागि मनाङ्गमा स्थानीय हेलिकप्टर र पोखराबाट नेपाली सेनाको हेलिकप्टरबाट खोजि कार्य जारी रहेको छ ।