08:51:10 am 03-Jul-2022

त्रिवि उपकुलपति कार्यालयको ताला झण्डै ५ महिनापछि खुल्यो


<strong>त्रिवि उपकुलपति कार्यालयको ताला झण्डै ५ महिनापछि खुल्यो</strong><strong></strong>

२९ जेठ काठमाडौं । विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ ।

नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ ।

नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ  भने आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ ।

त्रि. वि. पदाधिकारी र आंशिक प्राध्यापक संघ बिच भएको सहमति

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]