दक्षिण अफ्रिकामा ओमिक्रोनभाइरस सङ्क्रमितको सङ्ख्यामा तीव्र वृद्धि
युवा पोस्ट, मंसिर १६,२०७८,
दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ । देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको हो। दक्षिण अफ्रिकामा विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमितको सङ्ख्या दर्ता भएको छ। अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरिअन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो। दक्षिण अफ्रिकामा नयाँ भेरिअन्ट पहिलोपटक पत्ता लागेको घोषणा भए यता थुप्रै पश्चिमा देशहरूले दक्षिण अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाउँदै आएका छन्।
यो साताको सुरुमा, क्यानडा सरकारले नाइजेरियाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरिअन्ट पत्ता लागेको जनाएको थियो।अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ।