दक्षिण अफ्रिका : रंगभेद विरोधी नीति नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन
युवा पोस्ट, पौष ११ ,२०७८,
नोबेल शान्ति पुरस्कार विजेता दक्षिण अफ्रिकाका पूर्व आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा आइतबार निधन भएको छ । उनी दक्षिण अफ्रिकामा रंगभेद विरोधी प्रतीकका रूपमा चिनिन्छन् । टुटुले रङ्गभेदी नीतिको अन्त्यपछि दक्षिण अफ्रिकाको बहुजाति मिश्रणलाई सम्बोधन गर्न इन्द्रेणी राष्ट्र नामाकरण गरेका थिए । यति मात्र होइन, टुटुलाई देशको नैतिक कम्पास पनि भनिन्छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले टुटुको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति रामाफोसाले उनको मृत्यु उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको बिदाइको एक अध्याय भएको बताएका छन्।