08:43:27 am 03-Jul-2022

दलहरुको प्राप्त सिट संख्याको स्थिति


दलहरुको प्राप्त सिट संख्याको स्थिति

युवापोष्ट ९ जेठ, काठमाण्डौ । निर्वाचन आयोगको चालु गणना अनुसार बैसाख ३० मा भएको मत गणनाको सम्पूर्ण परिणाम आई नसके पनि दलहरुको स्थितिको आंकलन भईसकेको छ । यिनीहरुको स्थिति यस अनुसार रहेको छ ।

नगर/उपमहानगर/महानगर पालिकाको घोषित २७० स्थान मध्ये प्रमुखमा नेपाली कांग्रेसले १३२  वा ४८.८९% स्थानमा, नेकपा एमालेले ७६  अर्थात २८.१५%स्थानमा, नेकपा माओबादीले २४  वा ८.८९% स्थानमा र नेपाल कम्युनिष्ट एकिकृत समाजवादीले १० अर्थात ३.७०% स्थानमा बिजय हासिल गरेको छ ।

नगर/उपमहानगर/महानगर पालिकाको घोषित २७० स्थान मध्ये उपप्रमुखमा नेपाली कांग्रेसले १०४ वा ३८.५१% स्थानमा, नेकपा एमालेले १०१ अर्थात ३७.४१% स्थानमा, नेकपा माओबादीले ३३  वा १२.२२% स्थानमा र नेपाल कम्युनिष्ट एकिकृत समाजवादीले ११ अर्थात ४.०७% स्थानमा बिजय हासिल गरेको छ ।

गाँउपालिकाको घोषित ४५८ स्थान मध्ये अध्यक्षमा नेपाली कांग्रेसले १८७ वा ४०.८२% स्थानमा, नेकपा एमालेले १२३ अर्थात २६.८६% स्थानमा, नेकपा माओबादीले ९६ वा २०.९६% स्थानमा र जनता समाजबादी पार्टी नेपालले २१ अर्थात ४.१८% स्थानमा बिजय हासिल गरेको छ ।

गाँउपालिकाको घोषित ४५८ स्थान मध्ये उपअध्यक्षमा नेपाली कांग्रेसले १९० वा ४१.४८% स्थानमा, नेकपा एमालेले १२५ अर्थात २७.२९% स्थानमा, नेकपा माओबादीले ९५ वा २०.७४% स्थानमा र जनता समाजबादी पार्टी नेपालले १९ अर्थात ४.१५% स्थानमा बिजय हासिल गरेको छ । गाँउ/नगरको वडाध्यक्षको घोषित 6582 स्थान मध्ये उपअध्यक्षमा नेपाली कांग्रेसले २६०२ वा ३९.६१% स्थानमा, नेकपा एमालेले २०८१ अर्थात ३१.६१% स्थानमा, नेकपा माओबादीले १०४१ वा १५.८१% स्थानमा र जनता समाजबादी पार्टी नेपालले २८३ अर्थात ४.२९% स्थानमा बिजय हासिल गरेको छ ।

नगर/उपमहानगर/महानगर प्रमुख

नगर/उपमहानगर/महानगर उपप्रमुख

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]