युवापोष्ट, १२ बैसाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस प्रदेश नं. १ को संसदीय दलले मेयर पदमा लोकप्रिय नेता/ कलाकार/ समाजसेवी समेतको छवी बनाएका धर्मराज पोख्रेललाई उमेद्वार बनाएपछि गठबन्धन उत्साहित भएको छ । यस अघि तिर्थराज भट्टराईलाई नेपाली कांग्रेसले सर्वसम्मत सिफारिस गरेको समाचार बाहिरीए पनि पछि तिर्थराज भट्टराई र धर्मराज पोख्रेललाई समेतको नाम संलग्न गरी सिफारिस गरेको थियो । नेपाली कांग्रेस प्रदेश नं. १ को संसदीय दलले धर्मराज पोख्रेलको नाममा टिकट दिएपछि तिर्थराज भट्टराई समर्थकले नेपाली कांग्रेस जिल्ला कार्यलयमा तालाबन्दी गरेका छन् भने संसदीय दल सदस्य श्री गुरुराज घिमिरेले संसदीय दलबाट राजिनामा दिएको घोषणा समेत गर्नुहुँदै उहाँले खोटाङ्गको टिकट बितरणको बारेमा संस्थापन पक्षले मनोमानी गरेको बताउनुभयो । यस सम्बन्धमा मेयरका उमेद्वार धर्मराज पोख्रेललाई बुझ्दा प्रजातान्त्रिक पार्टीमा यस्ता कुरा सामान्य हो । हामी एकताबद्ध छौ र रहनेछौ । पार्टी पंतिमात्र होईन म गठबन्धनको साझा उमेद्वार हो । मलाई हाम्रो पार्टी मात्र होईन गठबन्धनका सबै मतदाताले साझा उमेद्वारको रुपमा लिनुहुन्छ । अझ नेकपा एमालेका धेरै जसो मानिसहरुले मलाई सहयोग नै गर्नुहुन्छ । म आम मतदाताको रुचाएको ब्यक्ति हुँ । सबैले मलाई अत्याधिक मतले जिताउने कुरामा बिश्वस्त छु ।