बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिग्गज अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे निधन भएको छ । सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनको पहिलो डेब्यू चलचित्र ज्वारभाटा हो। दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ ।