बलिउड स्टारहरुलाई कोरोना पोजेटिभ भएको खबरहरु एकपछि अर्को गर्दै इन्डस्ट्रीमा आइरहेका छन् । हिजो मात्रै अर्जुन कपुरलाई कोरोना भएको खबर आएको थियो । अब ‘दिलबर गर्ल’ नोरा फतेहीमा पनि कोरोना पोजेटिभ देखिएको छ, नोरा होम क्वारेन्टाइनमा छिन् । नोरा आफैंले सामाजिक सञ्जालमा पोष्ट सेयर गरेर आफूलाई कोरोना संक्रमण भएको खबरको पुष्टि गरेकी छिन् । नोराका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उनलाई २८ डिसेम्बरमा कोभिड पोजिटिभ भेटिएको बताइएको छ ।