कोरोना महामारी चलिरहेको समयमा नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना श्रावण र भाद्रमा ३१ करोड ८२ लाख ६२ हजार रुपैयाँ बराबरको ४ करोड ८२ लाख १२ हजार ६५६ थान मास्क बिभिन्न देशबाट खरिद गरेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बिभिन्न देशबाट नेपालमा १४ करोड ५२ लाख १४ हजार रुपैयाँको फेसमास्क भित्रिएको थियो ।