युबापोष्ट १७ जेठ, काठमाण्डौ । तारा एयरको नाईन- एनएइटी विमान जेठ १५ गते आईतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको बिमानमा सबार सबैजनातिन जना चालक दलका सदस्य सहित २२ जना को मृत्यु भएको छ । मुस्ताङ्को थासाङ गाँउपालिका-२ सानुसरेमा दुर्घटनाग्रस्त बिमानमा सवार सबैजनाको मृत्यु भएको छ । मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सबैजनाको शव भेटिएको र १० जनाको शव काठमाण्डौं पठाईसकेको छ बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ साथै दुर्घटनास्थलबाट विमानको ब्ल्याकबक्ससमेत भेटिएको र अन्य महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता बोलाईएको जानकारी प्रजिअ शर्माले बताए । भौगोलिक रुपले विकट, कुहिरोलाग्ने, पानी र हिँउ परिरहने भएकाले चारहजार दुईसय मिटर उचाईको भिरमा यत्रतत्र छरिएर रहेका शव र यात्रुका सामानहरु संकलन गरेर थासाङ्ग गाँउपालिकाको केन्द्र कोवाङ ल्याउन ढिला भएको हो । दुर्घटनास्थल कोवाङबाट चार घण्टा उकालो हिड्नुपर्छ ।
१६ गते शोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बडिगाड गाँउपालिका-७ का बिशाल घर्तिले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए।
बिशाल घर्तिले उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए।