युवा पोस्ट, मंसिर ५, २०७८, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, डेरी उद्योग संघ, डेरी एसोसिएसन, दूग्ध विकास संस्थान लगायतको प्रस्तावमा दूग्ध विकास बोर्डले दुधको मूल्य बढाउने तयारी गरेको छ । गाईंभैंसीलाई खुवाउने दाना लगायत मूल्य बढेको भन्दै दुग्ध उत्पादक सहकारी संघले मूल्य बढाउन माग गर्दै आएको छ ।संघको प्रस्तावमा डेरी उद्योगीले पनि साथ दिएका छन् । मूल्य बढाउने सन्दर्भमा बोर्ड पनि सकरात्मक देखिन्छ । यद्यपी, बोर्डले वैज्ञानिक आधारमा बढाउनु पर्ने बताउँदै आएको छ ।सरोकारवाला पक्षले लिटरमा ६ देखि १० रुपैयाँसम्म बढाउन प्रस्ताव गरेका छन् । दूग्ध विकास बोर्डका अनुसार दूधको मूल्यवृद्धि हुँदा बढेको रकमको ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जानेछ ।