07:57:47 pm 23-May-2022

दैनिक सात देखि १० हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिँदै


दैनिक सात देखि १० हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिँदै

युवा पोस्ट, पौष १५, २०७८, बिहिवार

यातायात व्यवस्था विभागले नौ महिनादेखि वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता का साथ अघि बढाएको र त्यसका लागि १८ घण्टासम्म छपाइको काम हुने गरी गरी दैनिक सातदेखि दश हजार लाइसेन्स छाप्ने प्रबन्ध मिलाइएको यातायात व्यवस्था विभागका अधिकारीहरुले बताएका छन् । यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम अघि बढाइएको जनाएको छ। सीमित बजेटमा थोरै सङ्ख्यामा कार्डका लागि बोलपत्र आह्वान गर्नु र एकै पटक धेरै सङ्ख्यामा छाप्ने मेशिन नल्याउनुले परीक्षा उत्तीर्ण गरेकाहरूले समयमै लाइसेन्स पाउन नसकेको यातायात व्यवस्था विभागका एकजना पूर्वमहानिर्देशकको भनाइ छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]