07:22:46 am 03-Jul-2022

धनगढी उपमहानगरमा स्वतन्त्र उमेद्वार गोपाल हमाल बिजयी


धनगढी उपमहानगरमा स्वतन्त्र उमेद्वार गोपाल हमाल बिजयी

युवापोष्ट ८ जेठ, धनगढी । स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् । कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन। ओड निबर्तमान मेयर समेत हुन् ।यस अघि अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।

हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित भएका थिए । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओडले लज्जास्पद हार व्यहोरेका छन् ।

उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । मतगणनाको सुरूआतदेखि अग्रता लिएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई  २८०९मतान्तरले पराजित गरेकी हुन् ।

रानाले  १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत ल्याइन् ।

वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

हमालले २६ हजार ८ सय ६५ मतसहित मेयर जितेका छन्।

यहाँ नेकपा एमालेकी उम्मेदवार कन्दकलाकुमारी रानाले १५ हजार चार सय ७९ मत ल्याएर उपमेयर निर्वाचित भइन्।

धनगढीमा माओवादीसँग तालमेल गर्दा कांग्रेसले मेयर, उपमेयरसहित एक वडा गुमाएको छ। ०७४ मा यहाँ वडले कांग्रेसबाट मेयर जितेका थिए।

०७४ मा मेयर, उपमेयर र १२ वडा जितेको कांग्रेसले यसपटक ११ वडामा मात्रै जित निकालेको छ। धनगढीमा १९ वडा छन्।

कांग्रेसका वडलाई कांग्रेसले नै जितेका वडाबाट पनि राम्रो मत आउन सकेन। पार्टीभित्रैबाट उनलाई मेयरमा धेरै भोट नआएपछि कांग्रेसभित्र अन्तरघातको भएको आशंका हुन थालेका छन्।

गोपाल हमाल को हुन ?

यस अघि गोपाल हमाल  विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजकबाट राजीनामा दिएका थिए ।उनले फेरी पनि मेयरमा स्वतन्त्र उमेद्वार बन्ने भनी राजीनामा दिए

उनको जन्म २०२० सालमा कैलालीको मनिकापुर गाविसको झन्झटपुरमा भएको थियो भने माध्यमिक स्तरको पढाई धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयमा भएको थियो ।उनले प्रमाणपत्र तहको अध्ययन कैलाली बहुमुखि क्याम्पसमा गरे । उनि भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् । उनी धनगढीका सफल ब्यवसायी र उद्योगि पनि हुन् । उनले धनगढीमा टिनको बाकस बनाउन सुरु गरेर ब्यवसायको थालनी गरेका थिए ।

यस अघि नेपाल उद्योग वाणिज्य सँघ कैलालीको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासँघको केन्द्रिय सदस्य गरेर १४ बर्ष जिम्मेवारीमा बसेर कैलालीका जनता र त्यँहाको माटोका लागि काम गरे । उनले  उद्योग वाणिज्य संघको अध्यक्ष हुदाँ राज्यवाट पछाडी पारिएको सुदूरपश्चिमको विकासका लागी २१ बुदे माग राखेर राष्ट्रपति र प्रधानमन्त्रीलाई बोलाएर २१ किलोको माला लगाउने अभियान उनले सुरु गरे यसले सुदूरपश्चिमका बिकासका मुद्धा सम्बोधन गर्नलाई सत्तामा बसेका राजनीतिक दलका नेतालाई सामुहिक रुपमा  दवाव सृजना गर्यो।

धनगढीको बिमानस्थल कालो पत्र नभएकाले यहाँ सबैमौसममा नियमित उडान हुन सक्दैनथियो । यसले गर्दा धनगढीमा हुने क्षेत्रिय कार्यक्रम पनि नेपालगंज हुने गर्थे। यसको लागि विमानस्थल कालोपत्रे हुन जरुरी थयो । त्यसको लागि हमाल लगायतका व्यक्तिले बिमानस्थलमा कालोपत्रे गर्न एक रुपैया अभियान चलाए। रिक्सा चालक समेतले एक रुपैया दिए। यो अभियानले धनगढी बिमानस्थल कालोपत्रे गर्न सरकारलाई दवाव पर्यो। ब्लड बैंक नहुँदा धनगढीमा रगतको अभाव थियो त्यसको लागि ्यसको लागि ानस््यलाई दवाब दिन यवसायको गरे ।यहरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतका कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गरि संकलन भएको रकमबाट धनगढीमा ब्लडबैंकको शुरुवातमा सामुहिक रुपमा प्रयास गरे ।

उनले राज्यले सुदूरपश्चिमलाई सुदूरको व्यवहार गर्‍योभनेर सुदूरपश्चिमका विभिन्न रमणीय स्थलको आकर्षक तस्विर व्याण्डिङ गरेर सुन्दर सुदूरपश्चिमको अभियान उनले सुरु गरे। शिवपुरी धाम नजिक कपडा बैकं स्थापना गरेर असहाय, नहुने र गरिव व्यक्तिलाई निशुल्क लुगा कपडा उपलब्ध गराउन उनले नै शुरु गरे। हुनेखानेले नयाँ वा लगाउन मिल्ने खालका लुगा त्याहाँ दान गर्ने गर्छन् भने नहुनेले त्यहाँबाट निशुल्क गर्छन ।  

धनगढीका जनताको मन जितेको उदाहरणिय अर्को काम उनले संचालन गरेको महाप्रस्थान यान हो। धनगढीमा आफन्तको मृत्यु हुदाँ धेरैले पैसा तिरेर पनि शव वोक्ने गाडी पाउन समस्या थियो। गाडी हुनेले लास बोक्ने गाडी पाउन गार्‍हो थियो । पैसा तिरेर ट्रयाक्टरमा शव बोकेर आर्यघाट सम्म लैजानुपर्ने अबस्था थियो। अहिले आफन्तको महाप्रस्थान यात्रा जोकोहीले सम्मानजनक ढंगले गर्न चाहान्छ।  

अगाडी ठूलो तस्विर, फुलमाला सजाएर शवलाई आर्यघाट सम्म पुगाउन हमालले व्यक्तीगत रकममा गाडी किनेर महाप्रस्थान यान बनाए। कुनै व्यक्तिको मृत्यु भएको जानकारी पाउने बित्तिकै फूलले सजाएको यान घरमा पुगेर आर्यघाट सम्म निशुल्क शव पुगाउने व्यवस्था उनले गरेका छन्। 

मतदानका दिन वडा नं १२ जुगेडामा भेटिएका एक मतदाताले भन्दैथिए,‘उनले करोडको गाडी किने । मान्छे मर्ने बित्तिकै कात्रो बोकेर त्यही गाडी घरमै ल्याएर आउँछन, एक मत उनलाई दिने भनेर दिए’।

धनगढी उपमहानगरपालिकाले अघिल्लो ५ बर्षमा  जनताको चाहना बमोजिम विकासका काम गर्न नसकेकोले जनतामा असन्तुष्टि थियो । बर्षातमा धनगढीमा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुने, समान्य बर्षा हुदाँ पनि खोलानाला अतिक्रमणका कारण धनगढी नगर डुवानमा पर्ने समस्याले यहाका बासिन्दालाई पिरोलेको थियो। 

यसैगरी सामान्य आधारभुत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्यसमेत उपमहानगरपालिका भएर पनि स्थानियले नपाएको गुनासो गर्दै आएका थिए। सामाजिक सेवाका काम गर्दै आएको, सुन्दर सुदूरपश्चिमको अभियन्ता भएर यहाँको विकासको लागी वकालत गर्दै आएका थिए।

नगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई धनगढीको नमुना विकास गर्ने हमालको ऐजेण्डा पत्याएर जनताको राम्रो मत पाएको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउछन्।

मेयर भएपछि पहिलो प्राथमिकतामा वडा क्लिनक शुरु गर्ने उनले बताए। ‘कुखुरा बेचेर, कर्जा गरेर औषधी गर्न सदरमुकाम आउनुपर्ने जो अवस्था छ,’ उनले भने,‘अव गाउँमै निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउछु।’ एउटा क्यालेण्डर बनाएर प्रत्येक वडामा अल्टासाउण्ड, ईसिजी लगायतको जाँच निशुल्क र बिशेषज्ञ चिकिस्तक सहित क्लिनक संचालन गर्ने उनको योजना छन्। ‘स्थानिय सरकार गाउँमा छ भन्ने आभास जनतालाई होस’उनले भने । यसैगरि एक वडा एक उत्पादन गर्ने उनको योजना छ।

सार्वजनिक शौचालय, रेष्टुरेन्ट सहितको पार्किङ स्थल बनाउने, श्रद्धान्जली बन बनाउने, सडक वरिपरि बृक्षरोपण गर्ने, प्लाष्टिक मुक्त नगर बनाउने पनि प्राथमिकतामा रहेको उनी बताउछन्। ‘पहुँचको आधारमा नभई आवश्यकताको आधारमा काम गर्छु’उनले भने।

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढी शैक्षिक, औद्योगिक, व्यवासायिक केन्द्रका साथै प्रधानमन्त्री धर्मपत्नी आरजु राणाको संघिय संसंदिय निर्वाचन क्षेत्र पनि हो । सुदूरपश्चिमको चुनावी शभालाई सम्वोधन गर्न आएका देउवा मतदान सम्म करिव एक साता सुदूरपश्चिममा रहदाँ अधिकाशं समय धनगढीमा बिताएका थिए। आरजुको निर्वाचन क्षेत्र भएकाले धनगढीको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडलाई चुनाव जिताउन देउवाले धनगढीमा विशेष ध्यान दिएका थिए।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]