धनुष र ऐश्वर्याबीच डिभोर्स १८ वर्षे वैवाहिक सम्बन्धमा लाग्यो पुर्णविराम
युवा पोस्ट, माघ ४, २०७८, मंगलबार , दक्षिण भारतीय अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्याबीच सोमबार सम्बन्ध विच्छेद भएको छ । उनीहरुले औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै १८ वर्ष लामो सम्बन्धलाई टुंगाएको उल्लेख गरेका छन् । धनुष र ऐश्वर्याको विवाह सन् २००४ मा भएको थियो । उनीहरूको विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन् । ऐश्वर्या रजनीकान्तकी छोरी हुन् । दुवैले तमिल रितीरिवाजअनुसार विवाह गरेका थिए । धनुष र ऐश्वर्याको जोडीलाई भारतमा आदर्श जोडी मानिन्थ्यो । एक्कासी उनीहरुको सम्बन्धमा किन पूर्णविराम लाग्यो त भन्ने सबैमा कौतुहलको विषय रहेको छ ।