09:54:44 am 25-Sep-2022

धर्मविरुद्ध आरोप होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर


धर्मविरुद्ध आरोप होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर

युवापोष्ट १९ जेठ, काठमाण्डौ । नायिका मिरुना मगरले आफूले धर्मविरुद्ध आरोप नलगाएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् । यस अघि कबड्डी- ४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक तथा बौद्धलामा समेत रहेका फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।

तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मिरुनाले प्रहरीमा उजुरी गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । यद्धपि तामाङले आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेर उनीहरुबीच मिलापत्र भइसकेको छ ।

नायिका मिरुना र आरोपी तामाङहरु मिलापत्र भइसकेपनि सामाजिक सञ्जालमा धर्मलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । सोही विषयलाई नायिका मगरले स्पष्ट पार्दै आफूले धर्मको विरुद्ध नभइ दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी हुन् ।

उनले भनेकी छन्- ‘कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।’

अन्यायविरुद्ध लड्न अहिले कठिन भएछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाले विश्वास क्त गरेकी छन् । उनले लेखेकी छन्- ‘कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।

दर्शकसँग साक्षात्कार गर्न आइतबार सिभिल मलको हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको ‘अभद्र व्यवहार’सम्बन्धी घटनामा फुर्पा तामाङले गल्ती स्वीकारेपछि अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएको बताएकी थिईन । मंगलबार अभद्र व्यवहारमा प्रहरी नियन्त्रणमा रहेका फुर्पाको रिहाइको माग गर्दै समर्थकहरुले केएल टावर र चलचित्र विकास बोर्डमा प्रदर्शन गरेपछि दुई पक्षबीच सहमति भएको थियो ।

दुवै पक्षले मंगलबार साक्षीहरूको हस्ताक्षरसहित मिलापत्रसमेत सार्वजनिक गरेका थिए । प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनित ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शन गरेपछि मंगलबार नै फुर्पालाई प्रहरीले थुनामुक्त गरेका थिए । प्रदर्शनपछि केएल टावरमा अवस्थित हलको शो रद्द भएको थियो । अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी थिईन ।

‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्,’ मिरुना मगर र फुर्वा तामाङबीच भएको क्षमायाचना गरिएको पत्रमा लेखिएको छ, ‘हामी दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनवाश्यक टीकाटिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा सम्प्रदायक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय, तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै राजीखुसी यस पत्रमा हस्ताक्षर गरी लियौं दियौं ।’

पत्रमा मिरुनाका तर्फबाट निर्देशक रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, निर्माता मणिराम पोखरेल, कलाकार विजय बराल, संजोग लाफा मगर, अभिनेत्री पशुपति राई, संगीतकार कालीप्रसाद बास्कोटाले साक्षीका रुपमा हस्ताक्षर गरेका छन् । त्यस्तै फुर्पाका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुण्डुप लामाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]