नबिल बैंक एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्डबाट सम्मानित
नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको TSCFP द्वारा व्यापार बित्तको बजारलाई उत्थानगर्दै व्यापारलाई हौशलादिनेउदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदानगर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा TSCFP संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।