नम्रता श्रेष्ठ मिस वर्ल्ड प्रतियोगिताको शिर्ष १६ मा
युवा पोस्ट, मंसिर २४ ,२०७८,
अमेरिकाको पुएर्तोरिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा मिस नेपाल वर्ल्ड २०२१ नम्रता श्रेष्ठ मिस वर्ल्ड २०२१ को टप १६ मा पुगेकी छन् । मिस वर्ल्डको पहिलो चरण हेड टु हेडमा छानिएर अन्य १५ प्रतिस्पर्धी सुन्दरीसँगै अघिल्लो चरण ब्युटी विथ द प्रपोजमा प्रवेश गरेकी हुन् ।